०४ चैत २०८२ , बुधबार

प्रधानमन्त्री कार्यालयको पैसामा छुटे मतपत्र च्यात्नेहरु

काठमाडौ, १९ जेठ– भरतपुर महानगरपालिकामा मतपत्र च्यात्नेहरु प्रधानमन्त्री कार्यालयबाट पैसा पठाएर धरौटीमा छुटेको खुलासा भएको छ । नगरपालिकाकोवडा नम्बर १९ मा मत गणना भइरहँदा मत पत्र च्यतेका वाइसियलको चितवन जिल्ला अध्यक्ष मुध न्यौपाने र सदस्य द्रोण सिवाकोटालाई प्रधानमन्त्री कार्यालयको सहयोगमा छुटाइएको हो । उनीहरुलाई छुटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ का छोरा तथा स्वकीय सचिव प्रकाश दाहालले बुधवार ५ लाख रुपैयाँ पठाएको स्रोतले बताएको छ ।    स्रोतका अनुसार न्यौपाने र सिवाकोटीलाई छुटाउन चितवनका वाइसियल कार्यकर्ताले कम्तीमा २० लाख पठाइदिन प्रकाशसँग आग्रह गरेका थिए । तर प्रकाशले आवश्यक पर्ने खर्च तत्काललाई त्यतै व्यवस्था गर्न भनेका थिए । वाइसियल कार्यकर्ताले चितवनमा पैसा जुटाउन सक्ने अवस्था नभएको बताएपछि प्रकाशले बुधवार ५ लाख रुपैयाँ व्यवस्था मिलाइ दिएका हुन् । उनले उक्त रकम प्रधानमन्त्री सहायता कोषबाट हिसाब मिलाउने गरी व्यवस्था मिलाएको बताइन्छ । त्यसपछि उनीहरु अदालतमा जनही एक÷एक लाख रुपैयाँ घरौटी बुझाएर छुटेका हुन् । धरौटीमा छुटेका उनीहरुलाई माओवादी केन्द्रका जिल्ला नेता तथा कार्यकर्ताहरुले खादा लगाएर स्वागत गरेका थिए । वाइसियलका अध्यक्ष न्यौपाने र सदस्य सिवाकोटी आफ्नो सहयोगले घरौटीमा रिहा भएपछि प्रधानमन्त्री पुत्र प्रकाशले खुशी व्यक्त गरेका छन् । उनीहरुको रिहालाई विजय उत्सवको रुपमा लिदै प्रकाशले फेस बुकमा लेखेका छन– सत्यको अन्तमा जित हुन्छ, चितवनमा भएको घटनाकै दिन पक्राउ पर्नु भएका कमरेड आज निर्दोष सावित भइ रिहा हुनुभयो । कसैले सोचेका होलान्, एक झुटलाई हजार पटक भनेपछि त्यो सत्य हुन्छ तर त्यो नसोचे हुन्छ । झुट झुट नै हो, सत्य सत्य नै । झुटलाई चिर्न सफल कमरेडहरुलाई स्वागत छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *