
काठमाडौं १९ जेठ– प्रमुख प्रतिपक्ष एमालेले भरतपुरमा पुन मतगण्ना सुरु नगरेसम्म संसद चल्न नदिने भएको छ । एमालेले संसदको अवरोध हटाएर मात्र प्रधानमन्त्री चयनको प्रकृया अगाडि बढाउन समामुखलाई आग्रह गरेको छ । संसदीय दलमा शुक्रवार बसेको बैठकले सूचना टाँसेर गतिरोध अन्त्य नभएसम्म प्रधानमन्त्री निर्वाचनको प्रक्रिया सुरु नगर्न माग गरेको हो । एमालेले भरतपुरको मतगणना सुरु गर्न माग गर्दै संसद निरन्तर रुपमा अवरुद्ध गर्दै आएको छ । राष्ट्रपतिले प्रधानमन्त्री चयनको लागि पठाएको पत्र एमालेको अवरोधको कारण संसदमा पेश हुन सकेको छैन । प्रमुख प्रतिपक्षको अवरोधकै कारण संसद २१ गतेसम्मकोलागि स्थगित गरिएका थियो । मतगणना सुरु नगरिए एमालेले आइतवार पनि संसद अवरोध गर्नेसंभावना छ । सभामुख ओनसरी घर्तीले आइतवार बस्ने संसदमा प्रधानमन्त्री निर्वाचनको प्रकृया अगाडि बढाउने तयारी गरिरहेकी छन् । त्यसकोलागि उनले शुक्रवार ससदीय परामर्श समितिको बैठक ढाकेकी थिइन । तर उक्त बैठकमा प्रतिपक्ष सहभागी नभएपछि उनले प्रमुख दलको शिर्ष नेताहरुको बैठक राखेकी छन् । एमाले भने उक्त बैठकमा पनि पुरानै अडान दोहो-याउने तयारीमा रहेको बुझिएको छ ।








