०५ असोज २०८३ , सोमबार

बेवारिसे बालिका पाल्न चाहनेको खोजी

गुलरिया (बर्दिया), २३ जेठ– बर्दिया नगरपालिका–३ बबई खोलास्थित कुस्माघाटको झोलङ्गे पुलमुनि भेटिएकी बेवारिसे शिशुलाई पाल्न चाहनेको खोजी भएको छ । गस्तीमा रहेको प्रहरी टोलीले आइतबार राति ८ः३० बजे पुलमुनि राखिएको अवस्थामा जीवित बालिका फेला पारेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए । बानियाभार गाउँ जाने सडकखण्डअन्तर्गत झोलुङ्गे पुलमुनि अलपत्र अवस्थामा फेला पारिएकी शिशुलाई प्रहरीले तत्काल स्थानीय स्वयम्सेविकामार्फत जिल्ला अस्पताल बर्दियामा पु¥याइएको उनले बताए । कसले किन बच्चालाई पुलमुनि राखेको भन्ने बारेमा कुनै जानकारी नआए पनि त्यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बालिकाको गालामा घाँसलगायत बालुवाले कोतरे पनि स्वस्थ रहेको जिल्ला अस्पताल बर्दियाकी लैगिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्रकी मनोविमर्शकर्ता (स्टाफनर्स) एलिना खड्काले बताए । आमा सुरक्षा कार्यक्रमको कपडासहित शिशु भेटिएकाले बालिका अस्पतालमै जन्मिएको हुनसक्ने उनको भनाइ छ । बच्चाको प्रकृति हेर्दा जन्मेकै दिन फालिएको हुनसक्छ । उनले भने– “नाभी झरेको छैन ।” बालिकालाई अस्पतालले बोतलमार्फत दूधपान गराई रहेको छ । बच्चाको स्वास्थ्य अवस्था खतरा बाहिर रहेको चिकित्सकले जनाएका छन् । शिशु स्वस्थ रहेकाले यदी कसैले पाल्ने भए प्रक्रिया पुराएर लैजान सक्ने महिला तथा बालबालिका कार्यालय बर्दियाकी महिला विकास अधिकृत गीराकुमारी बस्नेतले बताए । उनले भने “कसैले बच्चाबच्ची पाल्ने मनसाय बनाएका हुन्छन् यदी कतै त्यस्तो कोही छ भने स्वस्थ बच्चा भएकाले कानुन सम्मतरुपमा लगेर पाल्न सक्नुहुन्छ ।” बेवारिसे बालबालिकालाई सुरक्षित पालनपोषण गर्ने गृह बर्दियामा नभएकाले समस्या रहेको अधिकृत बस्नेतको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *