०४ चैत २०८२ , बुधबार

सत्तारुढ दलको अलमलः महाभियोग फिर्ता लिने कि स्थगन गर्ने ?

काठमाडौं, वैशाख २४– प्रमुख तीन दलका शीर्ष नेताबीच आइतबार साँझ सर्वोच्चको विवाद टुंग्याउनेबारेमा छलफल गरेका छन् । प्रधानन्यायाधीस सुशीला कार्कीमाथिको महाभियोग प्रस्तावबारे कसरी अघि बढ्ने भन्नेबारे निर्णय गर्न तीन दलका शीर्ष नेता आइतबार साँझ बालुवाटारमा छलफलमा जुटेका थिए ।

तीन शीर्ष नेताको वैठकमा प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीले कार्की विरुद्धको महभियोग फिर्ता लिनु नै समाधानको विकल्पका रुपमा अथ्र्याए । महाअभियोग फिर्ता नलिएसम्म कार्यपालिका, ब्यवस्थापिका र न्यायपालिकाबीचको द्वन्द्व समाधान नहुने ओलीले स्पष्ट गरे ।

बैठकमा एमाले अध्यक्ष ओलीले प्रधानन्यायधीशविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव फिर्ता लिन र दोस्रो चरणको निर्वाचनको मिति बजेट ल्याउनु भन्दा अघि नै तय गर्न पनि आग्रह गरेको बताइएको छ ।

सत्तारुढ दुई दलका नेताहरुले भने महाभियोग फिर्ता नलिने बरु ‘पेण्डिङ’ राख्नुपर्नेमा जोड दिएका थिए । सत्तारुढ प्रमुख दुई दलका नेताहरु महाभियोग फिर्ता लिने कि स्थगन गर्ने भन्ने निक्र्यौलमा पुग्न सकेका छैनन् । यद्यपी तीनै दलका नेताहरु सहमतिमै महाभियोगको विषय टुंग्याउने बताएका छन् ।

प्रधानमन्त्रीको निजी सचिवालयकाअनुसार तीन नेताबीच महाअभियोग प्रस्ताव, बजेट, चुनावको मितिका बारेमा छलफल भएको थियो ।

महाभियोग प्रस्तावबारे संसदमा अघि नबढाउनु भन्ने सर्वोच्चको अन्तरिम आदेशपछि आइतबार बोलाइएको संसद बैठक सूचना टाँस गरी जेठ ४ गते सम्मका लागि स्थागित गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *