काठमाडौ, ६ जेठ – स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । स्थानीय तहको कुल ७ सय ४४ मध्ये पहिलो चरणमा २ सय ८३ स्थानमा चुनाव भएको थियो । त्यसमध्ये २ सय ५६ को मत परिणाम सार्वजनिक भइसकेको छ । सार्वजनिक मतपरिणाम अनुसार अहिलेसम्म प्रमुख प्रतिपक्ष दल एमालेले अग्रता लिएको छ । विभिन्न नगरपालिका तथा गाउँ पालिका गरी एमाले १ सय ५ स्थानमा विजयी भएको छ । प्रमुख पार्टी काँग्रेसले ९८ स्थान हात पारेको छ । ४६ स्थान माओवादी केन्द्रको पोल्टामा गएको छ । केही स्थान राप्रपा, नेमकिपा, नयाँ शक्ति र जनमोर्चाले जित्न सफल भएका छन् । छिटफुट रुपमा स्वतन्त्र उम्मेदवार समेत विजयी भएका छन् । गणना भईरहेका २७ मध्ये १३ स्थानमा एमालेले अग्रता लिएको छ । ८ स्थानमा काँग्रेस अगाडि देखिएको छ । माओवादी केन्द्र र राप्रपाले १÷१ स्थानमा अग्रता लिएका छन् ।







