०४ चैत २०८२ , बुधबार

विरोधको बाबजुत तराईमा स्थानीय तहको संख्या थप

 

काठमाडौं ९ जेठ– प्रमुख प्रतिपक्ष लगायत अन्य केही दलको विरोधको बाबजुत सरकारले तराईमा स्थानीय तहको संख्या थप गरेको छ । सरकारले तराईका १२ जिल्लामा २२ स्थानीय तह थप गरेको हो ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले सुनसरीमा दुई, सप्तरीमा एक, धनुषामा एक, सर्लाहीमा तीन, रौतहटमा दुई, पर्सामा एक, बारामा एक, नवलपरासीमा तीन, रुपन्देहीमा तीन, कपिलवस्तुमा तीन, कैलालीमा एक र बाँकेमा एक स्थानीय तह थप्ने निर्णय गरेको हो ।
यसैगरी झापामा दुई नगरपालिका थपिएको छ भने सिरहामा एक, रौतहटमा ११, धनुषामा एक, बारामा एक, रुपन्देहीमा दुई, बाँकेमा दुई, कैलालीमा एक र महोत्तरीमा तीन नगरपालिका थपिएका छन् । उपमहानगर रहेका बिराटनगर र वीरगन्जलाई महानगरपालिका बनाइएको छ । ती महानगरपालिकामा आसपासका केही गाउँ पालिकालाई त्यसमै मिलाइएको छ ।
ती उपमहानगर पालिकालाई जनसंख्याका आधारमा महानगरपालिका बनाइएको सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले जानकारी दिए । प्रमुख प्रतिपक्ष एमालेसहितका केही दलले भने स्थानीय तह थप्ने सरकारको निर्णयको विरोध जनाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *