
काठमाडौं, ११ जेठ– राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम विहीवार संसदबाट प्रस्तुत गर्ने भएकी छन् । राष्ट्रपतिले अपरान्ह ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ । सरकारले एमाले अध्यक्ष के.पी शर्मा ओली नेतृत्व सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई नै राज्यको पुर्नसंरचना अनुसार केही परिमार्जन गरेर नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।
संसद प्रधानमन्त्रीको राजीनामा प्रकरणसँगै बिना कारण ३ दिनदेखि स्थगित भएको छ । सत्तारुढ दलले एमालेको अवरोधका कारण संसद स्थगित भएको आरोप लगाउँदै आएका छन् । तर सभामुख ओनसरी घर्तीले भने संसद सुचारु नै नगरी बिना कारण सूचना टाँसेर स्थगित गराउँदै आएकी छन् ।








