०४ चैत २०८२ , बुधबार

दोस्रो चरणको निर्वाचन असार ९ मा


काठमाडौैं १५ जेठ – दोस्रो चरणको स्थानीय चुनाव असार ९ मा हुने भएको छ । मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले जेठ ३१ को चुनावलाई सारेर असार ९ गते शुक्रवारलाई तय गरेको हो ।
प्रमुख दलको सहमतिमा निर्वाचनलाई पर धकेलिएको हो । स्थानीय तहको ७ सय ४४ मध्ये २ सय ८३ मा पहिलो चरणमा चुनाव भइसकेको छ । अब ४ सय ६१ तहमा चुनाव गर्न बाँकी छ ।
बाँकी सबै स्थानको चुनाव दोस्रो चरणमा हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *