काठमाडौं / आयोजक काठमाडौं विद्याकुञ्ज स्कुल प्रथम केभीकेएसएस कप अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार आफ्नै कोर्टमा भएको गल्र्सतर्फको खेलमा आयोजक काठमाडौंँ विद्याकुञ्जले पृथ्वी स्कुललाई हराउँदै क्वाटरफाइनलको यात्रा तय ग¥यो । सामना पन्तले ८ स्कोर बनाउँदा काठमाडौँ विद्याकुञ्जले पृथ्वी स्कुलमाथी १४–१२ स्कोरले पराजित ग¥यो । गल्र्सतर्फ नै एचएचसिएले श्रीदिवालाई २८–१० तथा भ्याली पब्लिकले बाबा बोर्डीङलाई ३५–२९ स्कोरले हरायो ।
टोखास्थित आयोजकको कोर्टमा भएको सिनियर छात्रको खेलमा स्कीभ्स स्कुलले पृथ्वी स्कुललाई ५४–३३,भ्याली पब्लिकले रिलायन्सलाई ५५–१३ र एचएचसीए टिम एले ग्रीनल्यान्ड स्कुललाई ३८–३२ स्कोरले हरायो । अर्को खेलमा एचएचसीए टिम बी भने बाबा बोर्डीङसँग ४५–१२ ले स्तब्ध भयो । लिगकम नकाउटका आधारमा संचालन भएको प्रतियोगितामा छात्रतर्फ २० र छात्रातर्फ १२ टोलीको सहभागिता रहेको छ ।
बैंककका लागि बक्सिङ खेलाडी छनौट
थाइल्यान्डको बैंककमा हुने एसभीसी युथ बक्सिङ च्याम्पियनसिपका लागि तीन सदस्यीय नेपाली पुरुष खेलाडी छनौट भएका छन् । सोमबार त्रिपुरेश्वरको दशरथ रंगशालास्थित केन्द्रिय प्रशिक्षण केन्द्रमा भएको छनौट खेलमा नक्सालका मिङमार ग्याल्जेन शेर्पा,झापाका सुरेन्द्र राई र काठमाडौँका विशाल श्रेष्ठ छनौट भएका छन् । पुरुष ५२ केजी तौलसमुहमा शेर्पाले पाल्पाका सन्देश श्रेष्ठलाई टेक्निकल नकआउटका आधारमा हराउँदै बैंकको यात्रामा तय गरे । त्यस्तै ५६ केजी तौलसमुहमा सुरेन्द्रले बोसी गाउँका राजिव रोकालाई अंकका आधारमा हराउँदै छनोटमा परे । त्यसैगरी ७५ केजी तौलमा काठमाडौँ युथ बक्सिङ ग्रुपका विशाल श्रेष्ठ छनौट भए । छनौट कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप)का नवनियुक्त सदस्य अर्जुन बहादुर केसीको प्रमुख अतिथीमा समापन भएको थियो । सो अवसरमा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले लगायत पदाधिकारीको उपस्थीती रहेको थियो ।








