०५ चैत २०८२ , बिहिबार

चाँडै संविधान संशोधन गराउँछु : प्रधानमन्त्री देउवा

काठमाडौ २६ जेठ– प्रधानमन्त्री शेरबहादुर देउवाले आफू संविधान संशोधनको लागि अत्यन्तै सक्रिय भइरहेको बताएका छन् । ‘संविधान संशोधनको लागि हामीले संसदमा दुई तिहाई पु-याउन सकेनौं, तर म चाँडै संविधान संशोधन प्रस्ताव पारित गराउँछु’ शुक्रवार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने– संविधान संशोधन सकेसम्म चुनावअघि हुर्न कोसिस हुनेछ, केही गरी चुनावअघि भएन भने पछि चाँही जसरी पनि हुन्छ ।’ मधेसवादी दलले संविधानमा अंगिकृत नागरिक पनि राष्ट्रपति र प्रधानमन्त्री हुन पाउनुपर्ने, हिन्दीभाषा सरकारी कामकाजको भाषा हुनुपर्ने, जनसंख्यालाई आधार बनाएर पहाडमा भन्दा तराईमा बढी साँसद संख्या हुनुपर्ने लगायत बिषय उल्लेख गर्न माग गर्दै आएको छ । प्रमुख प्रतिपक्ष एमाले लगायतका अन्य दलले त्यसमा आपत्ति जनाउँदै संविधानलाई त्यही आधारमा संशोधन गर्न नसकिने बताउँदै आएका छन् । प्रतिपक्षको विरोधको कारण संविधान संशोधन हुन सकेको छैन । देउवाले राष्ट्रिय जनता पार्टीलाई चुनावमा सहभागी हुन आग्रह आफू मधेसवादी दलको पक्षमा रहेको बताए । ‘मधेसवादी दलको आग्रह अनुसार कैलाली र तराईका विभिन्न घटनामा जेल परेका मधेसवादी दलका कार्यकर्तालाई सरकारले छोडिसकेको छ’ उनले भने । प्रधानमन्त्री देउवाले राजविराज र भरतपुरको विषयमा आफूहरुले समर्थन नगरेको भन्दै यस्ता गतिविधिको पक्षमा आफू कहिल्यै नभएको स्पष्ट पारे ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *