०४ चैत २०८२ , बुधबार

डन दिपक मनाङ्गे पक्राउ, प्रहरी भन्छ-अरु पनि सूचीमा छन्

२४ बैशाख, काठमाडौं । प्रहरीले गुण्डा नाइके दिपक मनाङ्गेलाई पक्राउ गरेको छ । चुनावको सुरक्षालाई मध्यजनर गर्दै प्रहरीले मनाङ्गेलाई ठमेलबाट पक्राउ गरेको हो ।

राप्रपाका मनाङ अध्यक्ष समेत रहेका गुण्डा नाइके मनाङ्गेलाई चुनावको सुरक्षालाई दृष्टिगत गरी पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी छविलाल जोशीले अनलाइनखबरलाई जानकारी दिए । उनले भने, ‘उहाँको विगतलाई हेर्दै चुनावमा असहज नहोस् भनेर पक्राउ गरिएको हो ।’

चुनावी सुरक्षालाई खतरा हुन सक्ने व्यक्तिहरुलाई पक्राउ गर्न थालिएको भन्दै एसएसपी जोशीले मनाङ पक्राउ पर्ने पहिलो व्यक्ति नभएको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *