०४ चैत २०८२ , बुधबार

नदी सभ्यता र जमिनको संरक्षण गर्नुपर्छः पूर्वराष्ट्रपति डा यादव

३१ साउन, काठमाडौं । बाग्मती सफाइसँगै नदीको शिरोभाग गोकर्णेश्वर नगरपालिकाबाट किनारका घाट र सार्वजनिक जग्गा संरक्षण अभियान सुरु भएको छ ।

राम्रो जोरपाटीः हाम्रो जोरपाटी र पूडासैनीमैत्री समाजले गोकर्णेश्वर नगरपालिका–५ को हनुमानघाट संरक्षणका लागि नदी किनारको सार्वजनिक जग्गामा हनुमानको मूर्ति स्थापना गरी बाटिका निर्माण गरेको छ ।

मूर्तिको अनावरण गर्दै पूर्वराष्ट्रपति डा रामवरण यादवले भावी पुस्तका लागि नदी सभ्यता र जमिनको संरक्षण गरिनुपर्ने बताउनुभयो ।

“नदी संरक्षणका लागि किनारका खाली ठाउँमा वृक्षरोपण गरिनुपर्छ, किनारका दायाँबायाँ विरुवा रोपी नदी र जमिनको संरक्षण हुन्छ, चुरे क्षेत्रको जंगल विनाश गरिएकाले तराई क्षेत्रमा प्रत्येक वर्ष आउने बाढीले जनधनको क्षति हुने गरेको छ । अन्य क्षेत्रमा यस्तो अवस्था आउन दिनु हुँदैन”– उहाँले भन्नुभयो ।

शहरी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेतले गरिबी निवारणमा जल र जंगलको महत्वपूर्ण स्थान हुने भएकाले संरक्षण गरिनुपर्नेमा जोड दिनुभयो ।

हनुमान बाटिका

कार्यक्रममा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, कागेश्वरी मनहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापा, अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख ज्योतिकुमार श्रेष्ठ, समाजका अध्यक्ष उत्तम पुडासैनी, हुनमान बाटिका संरक्षण समितिका अध्यक्ष रामकृष्ण बराल र राम्रो जोरपाटीः हाम्रो जोरपाटीका अध्यक्ष बटुककृष्ण ढुङ्गेललगायतले बाग्मती सभ्यता संरक्षणका लागि नदी किनारका घाट र सार्वजनिक जग्गा संरक्षण हुुनुपर्ने बताउनुभयो । रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *