०५ चैत २०८२ , बिहिबार

भ्रष्टाचार विरोधी प्रदर्शन

काठमाडौंँ, ५ भदौ । जनता दरबार अभियानको आयोजनामा आज राजधानीमा भ्रष्टाचार विरोधी शक्ति प्रदर्शन तथा मोटरसाइकल यात्रा आयोजना गरिएको छ ।
स्थानीय कलंकीदेखि शुरु भई त्रिपुरेश्वर, जाउलाखेल, सातदोबाटो, कोटेश्वर, तीनकुने, सिनामंगल, पुरानो बानेश्वर, डिल्ली बजार, पुतली सडक, घण्टाघर, शहीदढोका, वीर अस्पताल हुँदै प्रदर्शनी मार्गमा आइपुगेर सभामा परिणत भएको बेटर नेपाल अभियानका मनोज खतिवडाले जानकारी दिनुभयो ।

तस्बिर :पूर्णप्रसाद मिश्र, रासस

सभालाई सम्बोधन गर्दै अभियानका संयोजक एसपी शाह सारथीले युवालाई एक जुट गरेमा मात्र देशबाट भ्रष्टाचार उन्मूलन गर्न सकिने स्पष्ट गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *