०५ चैत २०८२ , बिहिबार

भदौ १६ देखि युवा सङ्घको केन्द्रीय कमिटी बैठक

काठमाडौँ, ६ भदौ । नेकपा (एमाले) निकट युवा सङ्घ नेपालको केन्द्रीय कमिटीको बैठक यही भदौ १६ र १७ गते काठमाडौँमा हुने भएको छ ।

उक्त बैठकले संगठनको स्थायी समितिले आगामी असोज २२ देखि २४ गतेसम्म नवौं महाधिवेशन काठमाडौँमा गर्नका लागि गरेको निर्णयलाई अनुमोदन गर्नेछ ।

यसअघि सङ्घले महाधिवेशनलाई भव्य तथा मर्यादित बनाउन मूल समारोह समिति गठन गरी अध्यक्ष राजीव पहारीलाई संयोजक तथा उपाध्यक्ष दिलु पन्तलाई उपसंयोजक जिम्मेवारी प्रदान गरेको छ ।

आसन्न महाधिवेशन सम्पन्न गर्न लाग्ने खर्च तथा स्रोत व्यवस्थापनका लागि बैठकले छलफल गर्नेछ । प्रतिनिधि छनोटका आधार तथा मापदण्ड तयार गर्नेछ । विभिन्न उपसमिति गठन गरी विभिन्न नेतालाई जिम्मेवारी प्रदान गर्ने उपाध्यक्ष पन्तले जानकारी दिनुभयो ।

केन्द्रीय कमिटीका पदाधिकारी तथा केन्द्रीय सदस्य, विभिन्न ३१ विभाग, तथा प्रदेश, जिल्ला, क्षेत्रीय कमिटी, नगर कमिटी लगायतको सहभागितामा हुने उक्त महाधिवेशनले केन्द्रीय नेतृत्वसमेत छनोट गर्नेछ ।

यसपटक महाधिवेशनमा ‘सुखी नेपाली र समृद्ध नेपाल निर्माणका लागि अबको युवा अभियान’ भन्ने मूलनारा तय गरिएको छ । राष्ट्रिय स्वाभिमान र संविधान पूर्ण कार्यान्वयन नै संगठनको मूल कार्यदिशा बनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *