काठमाडौ, २३ जेठ– खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाही र राज्यमन्त्री दीपक खड्काले जिम्मेवारीबाट बिदाई भएका छन् । मन्त्री तथा राज्यमन्त्रीद्धयलाई मन्त्रालयले मंगलवार एक कार्यक्रममाका साथ बिदाईगरेको छ । मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायको अध्यक्षतामा भएको बिदाई कार्यक्रममा मन्त्री शाहीले खानेपानी तथा सरसफाई मन्त्रालयको जिम्मेवारी छोटो भए पनि अविस्मणीय रहेको बताए । राज्यमन्त्री खड्काले आफूहरु जिम्मेवारीबाट बाहिरिए पनि मेलम्चीको पानी तोकिएको समयमै आउने बताए । कार्यक्रममा सचिव उपाध्यायले मन्त्रीद्धयले नियम कानून पालना गर्दै कर्मचारीको भावना अनुसार आफ्नो जिम्मेवारी पुरा गरेको बताए । ‘उहाँहरबाट कहिल्यै पेलान महसुस भएन’ उनले भने । कार्यक्रममा मन्त्रालय सहसचिव, उपसचवि र अधिकृतहरुसहित उल्लेनीय संख्यामा कर्मचारीहरको उपस्थिति थियो ।








