०५ असोज २०८३ , सोमबार

चट्याङले लागेर घाइते

भीमदत्तनगर, २३ जेठ – कञ्चनपुरको बेदकोट नगरपालिकामा सोमबार चट्याङ लागेर चारजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार चट्याङ लागेर बेदकोट नगरपालिका–३ का २४ वर्षीय राजेन्द्र सार्की र २६ वर्षीय तुलसी सार्की घाइते भएका छन् । त्यसैगरी, बेदकोट नगरपालिका–५ की ३५ वर्षीया मानमती विष्ट र बेदकोट–७ का ४० वर्षीय मानबहादुर खुना समेत चट्याङ लागेर घाइते भएको प्रहरी जनाएको छ । घाइतेमध्ये राजेन्द्र सार्कीको सेती अञ्चल अस्पताल, धनगढी र अन्यको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ । चट्याङकै कारण बेदकोट नगरपालिका–८ का रामसिंह ठगुन्नाको कुखुरा फार्ममा चट्याङ पर्दा करिब ९ सय कुखुरा मरेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *