०३ बैशाख २०८३ , बिहिबार

प्रधानन्यायाधीश कार्की उमेर हदका कारण अवकाश

काठामाडौँ, २३ जेठ । प्रधानन्यायाधीशमा सुशीला कार्की उमेर हदका कारण आजदेखि सेवानिवृत्त हुनुभएको छ । सर्वोच्च अदालतको इतिहासमा पहिलो महिला प्रधानन्यायाधीश बन्नुभएकी कार्की उमेर हद (६५ वर्ष)का कारण सेवानिवृत्त हुनुभएको हो ।

गत वैशाख १ गतेदेखि तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठको उमेर हदका कारण अवकाश भएपछि कार्कीले कामु प्रधान्यायाधीश हुँदै प्रधानन्यायाधीशका रुपमा काम गर्नुभएको हो । बुधबारदेखि कामु प्रधानन्यायाधीशका रुपमा गोपाल पराजुलीले कार्यभार सम्हाल्नु हुनेछ । प्रधानन्यायाधीशमा पराजुलीलाई न्यायपरिषद्को बैठक बसी सिफारिस गर्ने र संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्न सकेको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *