०७ बैशाख २०८३ , सोमबार

भदौ १० देखि मेयर कप फुटसल हुदै

३१ साउन, काठमाडौँ । युवा संघ नेपाल वडा नं २५ र २७ को संयुक्त आयोजनामा आगामी भदौ १० देखि १७ गतेसम्म मेयर कप फुटसल हुने भएको छ ।


डल्लुस्थित नेपा फुटसल एण्ड रिक्रेसन प्रालि चःमतिमा हुने उक्त प्रतियोगितामा काठमाडौँ महानगरपालिकाका ३२ वटा वडालाई सहभागिताका लागि अनुरोध गरिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक सुरज केसीले बताउनुभयो ।

प्रतियोगितामा विजेता टोलीले रु एक लाख तथा उपविजेताले रु पचास हजार पुरस्कार पाउनेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलकिपर र डिफेन्डर गरी तीन विधामा उत्कृष्ट घोषित हुनेलाई जनही रु पाँच हजार प्रदान गरिने आयोजकले जनाएको छ । रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *