०४ बैशाख २०८३ , शुक्रबार

बाढीले बगाएर भारत पु-याएको गैँडाको उद्धार

चितवन, २ भदौ । केही दिनअघि आएको बाढीले बगाएर भारत पु-याएको दुर्लभ एकसिंगे गैँडाको उद्धार गरिएको छ ।

आन्दाजी साढे दुई वर्षको जस्तो देखिने पोथी गैँडाको हिजो उद्धार गरी आज ट्रकमा राखी चितवन ल्याइएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिनुभयो ।

बाढीले निकुञ्जबाट बगाएको उक्त गैँडालाई नेपाल–भारत सीमाभन्दा ४२ किलोमिटर दक्षिणमा पर्ने भारतको बगाहा भन्ने स्थानमा फेला पारिएको भारतीय पक्षको सूचनाका आधारमा उद्धार गरी नेपाल ल्याइएको अर्यालले जानकारी दिनुभयो ।

गाउँको घनाबस्तीको बीचमा रहेको उखुबारीमा गैँडा फेला परेको थियो । गैँडालाई आजै चितवन राष्ट्रिय निकुञ्जमा छाडिने जनाइएको छ । यसरी बाढीले पाँचवटा गैँडा बगाएको पाइएको निकुञ्जले जनाएको छ । त्यसमध्ये उद्धारै गर्नुपर्ने अवस्थाको देखिएकाले यसलाई उद्धार गरिएको हो ।

एउटा गैँडा बाल्मिकी आश्रम नजिकै नेपाल भारतको सीमा क्षेत्रमा आउजाउ गरिरहेको फेला परेको र एउटा गैँडा भारततर्फ नारायणी नदी किनारको बाल्मिकीनगरस्थित जंगलको सानो टापुमा देखिएको अर्यालले जानकारी दिनुभयो ।

अर्काे गैँडा भारतको मध्यवर्ती जंगलमा देखिएको जनाइएको छ । अर्यालको नेतृत्वमा गएको व्यवस्थापकीय टोली र वरिष्ठ पशु चिकित्सक डा कमल गैरेको नेतृत्वमा गएको प्राविधिक टोलीले गैँडाको उद्धार गरेर ल्याएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *