०४ बैशाख २०८३ , शुक्रबार

भ्रमणबारे पूर्वप्रमसँग प्रधानमन्त्रीको परामर्श

काठमाडौँ, ३ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आशन्न भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसँग परामर्श लिनुभएको छ ।

प्रधानमन्त्री देउवाले आफ्नो निजी निवास बालुवाटारमा आज पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, लोकेन्द्रबहादुर चन्द र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीसँग भ्रमणबारे छलफल गर्नुभएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणको बारेमा परामर्श लिदै । तस्बिर : रासस

नेपालको राष्ट्रिय हित र नेपाली जनताको भावनालाई ध्यानमा राख्दै नेपाल र भारतबीच भएका ज्वलन्त समस्यामा ध्यान केन्द्रित गर्न प्रधानमन्त्री देउवालाई सुझाव दिएको पूर्वप्रधानमन्त्री झलनाथ खनालले जानकारी दिनुभयो ।

“अहिलेको सबैभन्दा महत्वपूर्ण समस्या भनेको नेपालमा पछिल्लोपटक भएको भारी वर्षाका कारण तराईमा भएको डुबान हो, मानवीय र धनजनको क्षति भयो, त्यसको मुख्य कारण सीमानामा बाँधिएका बाँधहरू हुन् , त्यसबारे नयाँ ढंगले पुनःसंरचना गरिनुपर्छ, अवलोकन गरिनुपर्छ र दुई देशबीचमा सहमति निर्माण गर्नुपर्छ, भन्ने बारेमा राम्रोसँग छलफल भयो”–पूर्वप्रम खनालले भन्नुभयो ।

नेपालका विभिन्न उत्पादनलाई भारतसँग सहजरूपमा पु¥याउन पहल गर्नेबारे समेत छलफल भएको उहाँको भनाइ थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *