२० जेठ २०८३ , बुधबार

उत्कृष्ट बर्ष प्रशिक्षक र खेलाडीलाई सम्मान

फागुन १३, काठमाडौं । सरस्वती उच्च मा बि जोरपाटी काठमाडौंले अभिभावक दिवसको अबसर पारेर उत्कृष्ट बर्ष प्रशिक्षक र खेलाडीलाई सम्मान गरेको छ।

उक्त अबसरमा बिगत लामो समय देखि कराते प्रशिक्षण गराईरहेका कराते प्रशिक्षक पुरुषोत्तम पोखरेल र बर्ष भरिमा सहभागीमा जनाएको प्रतियोगितामा शतप्रतिशत नतिजा ल्याउन सफल खेलाडी कुईसाङ लामा सम्मानित भएका छ्न।


सम्मानित ब्यक्तिहरुलाई गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे,उपमेयर शान्ति नेपाल,वडा न ८ का अध्यक्ष मनोज ढुंगाना बिधालय ब्यबस्थापन समितिका अध्यक्ष शिव कार्की लगायतका ब्यक्तिहरुले खादा र सम्मान पत्र द्वारा सम्मान गर्नु भएको थियो। मेयर चालिसेले सरस्वती स्कुल शिक्षा मात्र नभई अतिरिक्त क्रियाकलापमा समेत अब्बल रहेको कुरा बताउनु भयो। प्रशिक्षक पोखरेलले बर्ष भरिमा आफ्नु प्रशिक्षणमा रहेका खेलाडीले विभिन्न प्रतियोगितामा ३० स्वर्ण ३५ रजत र ६० कास्य पदक जित्न सफल भएको ब्यहोरा जानकारी गराउनु भयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *