०२ बैशाख २०८३ , बुधबार

पुलारी गुम्बाको २६ औं स्मृति दिवसमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं बुढानिलकण्ठ नगरपालिका ११ स्थित पुलारी गुम्बाले आफ्नो २६ औं वार्षिक स्मृति दिवसमा स्वास्थ्य शिविर सम्पन्न गराएको छ ।

 

उक्त शिविरमा स्वास्थ्य परिक्षण तथा आँखाको मोति विन्दूको शल्यक्रिया समेत गरेका थिए । स्वास्थ्य परिक्षणमा काभ्रे, सिन्धुली, नुवाकोट, धादिङ र काठमाडौंका ३ हजार ७ सय ५० जना स्वास्थ्यका रोगीहरुको स्वास्थ्य परिक्षण तथा उपचार भएको छ । ३ सय ९० जना मोति विन्दूको पहिचान भएका आँखाका रोगीहरुलाई तिलगंगा आँखा अस्पतालका डा. रोहितको संयोजकत्वमा प्राविधिक टोलि सहितले सफलतापूर्वक शल्यक्रिया गरेका थिए ।

गत बैशाख ७ र ८ गते सोही गुम्बामा भएको र विरामीहरुको सम्पूर्ण व्यवस्थापन गुम्बाले नै गरेको गुम्बाका कार्यकारी सचिव जङचुप गुरुङले जानकारी दिए । आर्थिक अवस्था कमजोरका भएकाहरुलाई विशेष प्राथमिकता दिएर आँखा जस्तो संवेदनशील अंगाको उपचार गरी उज्यालो संसार देखाउने महान कार्य गर्दै आएको र आगामी दिनमा पनि आफु र आफ्नो टोलीले सहयोग गर्ने अस्पतालका प्रोजेक्ट निर्देशक खेम गुरुङले बताए । आँखा शिविरमा सहभागी भई परिक्षण तथा शल्यक्रियामा आईपुगेका विरामीहरुले खुसी व्यक्त गर्दै गुम्बालाई धन्यवाद दिएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *