०३ बैशाख २०८३ , बिहिबार

मोदीको विषयमा प्रवक्ताको धारणा आधिकारी हैन: कांग्रेस नेता खड्का

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दिपक खड्काले मोदीको विषयमा कांग्रेस प्रबक्ता विश्वप्रकाश शर्माको धारणा आधिकारीक नभएको बताएका छन् ।

उनले मोदीको सम्मानको  लागि जनकपुर र काठमाडौं दुई ठाउँमा नागरिक अभिनन्दन गर्ने कुरामा कांग्रेस प्रवक्ता शर्माले विरोध गर्नुको कुनै अर्थ नभएको बताउँदै त्यो कांग्रेसको आधिकारिक धारणा नरहेको स्पष्ट पारे । प्रवक्ता शर्माले माेदीकाे भ्रमणकाे विषयलार्इ लिएर सरकारसँग ६ प्रश्न गरेका थिए ।

उनले भने,‘कांग्रेस प्रतिपक्षमा भएपनि विरोधको लागि विरोध गर्दैन्, यर्थाथको लागि विरोध हुनुपर्छ, एमालेले बरु सत्तामा हुँदा एउटा कुरा गर्ने र सत्ता बाहिर आएपछि अर्को कुरा गर्ने गरेको थियो ।

अहिलेपनि एमालेले मोदीको भ्रमणको बारेमा पर्याप्त छलफल गरेन ।  राष्ट्रिय विषयमा छलफल गर्नुपर्छ ।  अहिले यो सरकारलाई मात लागेको छ, दम्भ पलाएको छ, यस्तो पाराले हुँदैन, सत्ता त चल्ला, तर देश विकास हुँदैन नि ? समृद्धि भनेर मात्रै हुने कुरा होईन भने ।’

हिजो सबैभन्दा बढि विरोध गर्ने एमाले नै भएको बताउँदै आज एमालेले त्यो दोहित चरित्र त्यागेको नेता खड्काको भनाई थियो । ‘मोदीजी नेपाल भ्रमण गर्दै हुनुहुन्छ । उहाँ राष्ट्रको पाहुनाको रुपमा आँउदै हुनुहुन्छ,’ उनले भने, ‘मोदीको भ्रमणका क्रममा उठाउने एजेण्डाको विषयमा प्रतिपक्षसँग छलफल गर्नुपर्थ्यो। तर सरकारले छलफल गरेन।’

उनले अरुण तेस्रो भारतीय सरकारको लगानीमा निर्माण हुने भएकोले भारतले यसको लागि बजेटपनि विनियोजन गरिसकेको बताए । उनले भने,‘यो ९०० मेगावाट क्षमताको परियोजना डेढ खर्बको लगानीमा बन्दैछ, यसबाट नेपाललाई २०० मेगावाट निःशुल्क प्राप्त हुन्छ, त्यस्तै भारतले यो २५ वर्षमात्रै चलाउने हो, बाँकी ७५ वर्ष हामीलाई हुन्छ, यो फाईदाको कुरा हो।’

यो परियोजना निर्माण हुनु भनेको नेपालमा लगानी गर्न सकिन्छ भनेर विश्वस्तरीय वातावरण बनाउनपनि महत्वपूर्ण हुने उनको भनाई थियो । उनले भने,‘यो परियोजना सम्पन्न भए संखुवासभावासी खुशी हुन्छन्, २०० सय मेगावाट नेपालले निःशुल्क पाउनेबाट संखुवासभावासीलाई २५ प्रतिशत नाफा प्रत्येक महिना पाउनुपर्छ।’

उनले भोलि नै मोदी र ओलीले संयुक्त रुपमा उक्त परियोजनाको ‘स्विच–अन’ गर्ने कार्यक्रम रहेकोले आफूपनि भोलि संखुवासभा अवस्थित् ड्याम्पस्थल पुग्ने जनाए । उनले भने,‘हिजाको दिनमा परियोजना गुम्दै गर्दा सम्पूर्ण संखुवासभावासी दुःखी थिए, तर अब बन्ने भएकोले खुशी छन्।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *