जेठ ४, काठमाडौं । चालू आर्थिक वर्षमा चीनतर्फको निर्यात ५९ प्रतिशतले वृद्धि भएको छ ।
भारत र अन्य देशको निर्यात १० प्रतिशतभन्दा कमले बढेको बेला चीनतर्फको वृद्धि उल्लेख्य भएको हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो नौ महिनाको आर्थिक तथा वित्तीय विवरण अनुसार चीनतर्फको निर्यात ५८.९ प्रतिशतले वृद्धि भएको छ ।
मुलुकको नौ महिनाको अवधिमा झन्डै ६० अर्ब रुपैयाँको निर्यात गर्दा चीनतर्फको निर्यात उल्लेख्य बढेको छ । आजको नागरिकमा खबर छ ।








