जेठ ५, काठमाडौँ । कान्तिपुर रनर हाफ म्याराथन आठौं संस्करणको उपाधि पुरुषतर्फ आर्मीका हरि रिमाल र महिलातर्फ सशस्त्र प्रहरीकी कान्छिमाया कोजूले जितेका छन् । दुवैले ५०–५० हजार रुपैया र रनर काइट प्लस स्कुटर जितेका छन् ।
महिला तर्फ दोस्रो सन्तोसी श्रेष्ठ भइन् भने तेस्रो आर्मीकी बृन्दा श्रेष्ठ भइन् । यस्तै पुरुषतर्फ दोस्रो होमलाल श्रेष्ठ भए भने गजेन्द्र राई तेस्रो बने । ह्विलचियर तर्फको भने रामबहादुर तामाङ पहिलो र प्रेम विक दोस्रो भए ।
कान्तिपुर पब्लिकेशन्सको सेन्ट्रल बिजनेस पार्क, थापाथलीबाट दौड सुरु भएको थियो । त्यसपछि माइतीघर, नयाँ बानेश्वर, हुँदै भक्तपुरको सल्लाघारी चोक पुगेर यसै रुटमा फर्केर थापाथलीमै प्रतिस्पर्धा टुंगिएको थियो । म्याराथनको कुल दुरी २१ दशमलब १ किलोमिटर रहेको थियो ।








