०३ बैशाख २०८३ , बिहिबार

कमलरी अभियन्ता चौधरीलाई अन्तर्राष्ट्रिय अवार्ड

जेठ ५, काठमाडौँ । कमलरी अभियन्ता उर्मिला चौधरीले अन्तर्राष्ट्रिय अवार्ड ‘लउरियट फ्रिडम फ्रम फेयर अवार्ड २०१८’ पाएकी छन् । नेदरल्यान्ड्सका पूर्वरानी बिट्रिक्स र राजा विलियम एलेक्सन्डरले उनलाई अवार्डबाट सम्मानित गरेका हुन् ।

प्रत्येक दुई वर्षमा प्रदान गरिने यो अवार्ड मानव अधिकारको क्षेत्रमा निर्भिक रूपमा काम गर्नेहरूलाई प्रदान गरिन्छ । यसअघि विश्वका मलाला युसफजई, आङ साङ सुकी, हुसेन इब्राहिम सलेह अल, ग्रहेथ जोह्न इभानजस्ता व्यक्तिले यो अवार्ड पाइसकेका छन् ।

 

उर्मिलालाई थारु समुदायको कमलरी प्रथा उन्मुलनमा योगदान पु¥याएको भन्दै यो अवार्ड दिइएको हो । ‘कमलरी प्रथा अन्त्य र उनीहरूले पढ्न पाउनुपर्ने अधिकारको लागि उनले खेलेको भूमिका र प्रतिबद्धतालाई कदर गर्दै यो अवार्ड दिइएको हो,’ वेवसाइटमा उल्लेख छ ।

 

स्नातक पढ्दै गरेकी २७ वर्षीय उर्मिला मुक्त कमलरीहरूको साझा संगठन मुक्त कमलरी विकास मञ्चका सहसंस्थापक पनि हुन् । त्यही संस्थामार्फत् उनी कमलरी अभियन्ताको रूपमा काम गर्दै आइरहेकी छिन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *