जेठ ७, काठमाडौँ । आइतबार साँझ बसेको मन्त्रिपरिषद्को वैठकले १२ सय किलोमिटर लामो मदन भण्डारी राजमार्ग बनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले चुरे तथा भित्रि मधेसका उपत्यका जोड्ने राजमार्ग बनाउने निर्णय गरेको हो ।

राजमार्ग झापाको शान्तिनगरबाट सुरु भएर डडेलधुराको रुपाल पुगेर टुङ्गिने सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए ।
उक्त राजमार्ग झापाको शान्तिनगरबाट सुरु भएर धरान, चतरा, गाइघाट, सिन्धुलीमाडी, हेटौँडा, गैँडाकोट, रामपुर, राम्दी, रिडी, तम्घास, सिमलटारी, प्युठान मच्छी, घोराही, बोटेचौर सुर्खेत, बर्दीचौर, सिमचौर, विपीनगर, सहजपुर, बुडर, जोगबुढा हुँदै रुपाल पुगेर टुङ्गिने गरी निर्माण गर्ने निर्णय गरेको हो ।
राजमार्गको नाम मदन भण्डारी राजमार्ग राखिदे बास्कोटाले बताए ।








