०३ बैशाख २०८३ , बिहिबार

पोखरामा सन्दीप लामिछाने सम्मानित

जेठ १३, पोखरा । नेपाली राष्ट्रिय टिमका युवा क्रिकेटर सन्दिप लामिछाने पोखरामा सम्मानित भएका छन् ।

प्रतिभा उच्च मावि र अटोवेज प्रालि पोखराले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा प्रदेश ४ की सामाजिक विकास मन्त्री नरदेवी पुन, प्रालिका अध्यक्ष नाराण पौडेललेको हातबाट सम्मानपत्र, दोसल्ला र नगद १ लाख रुपैयाँसहित लामिछाने सम्मानित भएका हुन् ।

 

सन्दीपले क्रिकेटका मार्फत देशको गौरव बढाएको भन्दै थप हौसला बढाउन सम्मान गरिएको प्रा.लि.का अध्यक्ष पौडेलले बताए । ‘राष्ट्रका प्रतिभावान खेलाडीको आत्मबल बढाउनको लागि सम्मान गरेको हौं’ उनले भने ‘हाम्रो सम्मानले उनलाई हौंसला बढ्नेछ ।’

 

सम्मानपछि सन्दीपले खेलकुदको माध्यमबाट नेपाललाई चिनाउन सकिने भन्दै विद्यार्थीले पहिला पढाईप्रति ध्यान दिन आग्रह गरे । प्रतिभाबाट प्रतिभावान खेलाडी बन्न पनि उनले आग्रह गरे । पढाईलाई नबिगारी आफूले इच्छाएको खेल खेल्न विद्यार्थीलाई उनले सुझाए ।

 

त्यसैगरी युवा क्रिकेटर लामिछानेलाई पोखराको राष्ट्रबैंक चोक स्थितरहेको मुक्तिनाथ लेकाली होटल प्रालिले पनि आइपीएलमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै सम्मान गरेको छ । उनीसँगै आमा बुबालाई पनि सम्मान गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *