०४ बैशाख २०८३ , शुक्रबार

काठमाडौँमा १५ देशका कम्युनिस्ट नेताको विमर्श हुँदै

जेठ १५, काठमाडौँ । कार्लमाक्र्सको द्विशतवार्षिकीका अवसरमा माक्र्सवादबारे विमर्श गर्न काठमाडौँमा १५ देशका कम्युनिस्ट पार्टीका नेताहरू भेला हुने भएका छन् ।

दार्शनिक कार्ल माक्र्स जन्मिएको द्विशतवार्षिकका अवसरमा हुन लागेको ‘माक्र्सवा र समाजवाद’ विषयक अन्तर्राष्ट्रिय सेमिनरमा भाग लिन विश्वका कम्युनिस्ट नेताहरू भेला हुन लागेका नयाँ पत्रिकामा खबर छ ।

 

सेमिनारको आयोजना नेपाल कम्युनिस्ट पार्टी र नेकपा मसालले गर्न लागेका हुन् ।

 

होटेल याक एन्ड यतिमा जेठ १६ र १७ मा आयोजना हुने दुईदिने सेमिनारको उद्घाटन नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले गर्ने आयोजक राष्ट्रिय कमिटीका संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जानकारी दिए । साथै, ओलीले ‘नेपालको कम्युनिस्ट आन्दोलन र क्रान्तिकारी प्रक्रिया’ का बारे कार्यपत्र प्रस्तुत गर्नेछन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘आजको माक्र्सवाद र समाजवाद’ बारे कार्यपत्र प्रस्तुत गर्नेछन् ।

 

सेमिनारमा चीन, अस्ट्रेलिया, बंगलादेश, जर्मनी, भारत, जापान, कोरिया, लाओस, रुस, श्रीलंका, भियतनाम, ब्राजिल, दक्षिण अफ्रिका, जाम्बिया लगायतका कम्युनिस्ट पार्टीका प्रतिनिधि सेमिनारमा सहभागी हुने बताइएको छ  ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *