जेठ १९, काठमाडौँ । दरबार हत्या काण्ड भएको आज १६ बर्ष पूरा भएको छ । भनिन्छ, दरबार हत्याकाण्डमा षड्यन्त्र भएको छ । तर, त्यो षड्यन्त्र कसले गर्यो ? कसैले पत्ता लगाउन सकेको छैन ।

नेपाली जनताले सधैँ भन्ने गरेका छन्– ‘राजा विरेन्द्रको वंशनाश हुने गरी भएको हत्याकाण्ड पत्ता लगाइयोस् ।’
दरबार हत्याकाण्डको रहस्य पत्ता लगाउन नसके पनि हत्याकाण्डलगत्तै पूर्वराजा ज्ञानेन्द्रले भत्काउन लगाएको हत्याकाण्डस्थल त्रिभुवन सङ्ग्रहालय निर्माण सम्पन्न भएको छ ।
आजको नेपाल समाचारपत्रले रोहित ढुङ्गानाको भनाई उद्धृत गर्दै लेखेको छ – ‘बल्ल एउटा मात्र चाहना पूरा भएको छ, दरबार हत्याकाण्ड भएको स्थान त्रिभुवन दिन हेर्ने ।’
‘अझै दुई वटा इच्छा पूरा हुन सकेको छैन ।’ उनले भनेका छन्– ‘श्रीपेच र हत्या गरिएको विरेन्द्र परिवारको घर श्रीसदन हेर्ने ।’








