०३ बैशाख २०८३ , बिहिबार

कारवाहीको माग गर्दै अरनिको राजमार्ग बन्द

जेठ २०, भक्तपुर । मध्यपुरथिमि–४ राधेराधेमा बसको ठक्करबाट ज्यान गएका पीडित परिवार र आफन्तले अरनिको राजमार्गखण्ड बन्द गराएका छन् ।

शनिबार दिउँसो सोही स्थानमा भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा ३ ख २७२२ नं को बसले निकोसेराबाट आउँदै गरेको बा ४० प २०९४ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मध्यपुरथिमि–९ निकोसेरा थिमि निबासी दीपक ख्याजुको ज्यान गएको थियो ।

 

चालकलाई ज्यान मुद्दा लगाएर कारबाही गर्नुपर्ने र पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै स्थानीय बासिन्दाले सडक अवरुद्ध पारेका हुन् ।

 

सिन्धुपाल्चोक घर भएका बसचालक दीपबहादुर प्रधानलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *