२० जेठ २०८३ , बुधबार

नेकपा र संघीय फोरमबीच पार्टी एकताको गृहकार्य

जेठ २१, काठमाडौँ । भर्खरै सरकारमा सामेल संघीय समाजवादी पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच पार्टी एकताका लागि गृहकार्य सुरु भएको छ ।

नेकपा नेतृत्वको सरकारमा फोरम नेपाल सहभागी भएसँगै एकताका लागि अनौपचारिक छलफल भएको हो ।

 

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच पार्टी एकताका लागि अनौपचारिक छलफल भएको खबर आजको राजधानी दैनिकमा छ ।

 

शीर्ष नेताहरुबीच अनौपचारिक छलफल भए पनि औपचारिक बैठकमै भने एजेन्डाका रुपमा नआएको स्रोतको दाबी छ ।

 

नेकपा स्थायी कमिटीका सदस्य देवेन्द्र पौडेलले फोरम नेपाल सरकारमा सहभागी भएसँगै पार्टी एकताको विषयमा अनौपचारिक छलफल भएको बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *