०३ बैशाख २०८३ , बिहिबार

प्रेरणाले अझै छाडिनन् ‘विजया घर’

जेठ २१, काठमाडौँ । प्रेरणा राज्यलक्ष्मी सिंहले ऐतिहासिक विजया घर छोड्न अटेरी गरेकी छन् । उनले छाउनीस्थित १५ रोपनीमा रहेको घरजग्गा बुबा ज्ञानेन्द्रले दाइजोमा दिएको भन्दै सर्वोच्चको आदेश पालनामा आलटाल गरिरहेकी खबर नागरिक दैनिकमा छ ।

सर्वोच्च अदालतले सार्वजनिक सम्पत्ति कसैका नाममा दाइजो दिन नपाइने भन्दै उक्त घरजग्गा नेपाल ट्रस्टका नाममा ल्याई संरक्षण गर्न निर्देशनात्मक आदेश यसअघि नै गरिसकेको छ ।

 

राजसंस्थाको सम्पत्ति राष्ट्रहितविपरीत व्यक्तिगत रुपमा आफूखुसी दान, बकस, दाइजो, पेवा राजीनामा दिन वा कुनै पनि किसिमबाट हस्तान्तरण गर्न नहुने सर्वोच्चको आदेश छ । तर प्रेरणाले सर्वोच्चको यस्तो आदेशपछि पनि अटेरी गर्दै आइरहेकी छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *