०३ बैशाख २०८३ , बिहिबार

दाङमा अफिमसहित तीनजना पक्राउ

जेठ २२, तुलसीपुर । दाङमा अवैध लागूऔषध अफिमसहित सोमबार तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रोल्पा पाछावाङ–७ घर भई हाल घोराही उपमहानगरपालिका–१२ बस्ने ३१ वर्षीय शक्तिराम वली, रुकुम भुमे गाउँपालिका–८ बस्ने २७ वर्षीय एलनकुमार रोकामगर र भुमे गाउँपालिका–६ बस्ने २८ वर्षीय देवबहादुर ओली रहेका छन् ।

 

उनीहरुको साथबाट पाँच केजी २ सय ग्राम अफिम बरामद गरिएको पनि जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंहले जानकारी दिए ।

 

पक्राउ परेकाका बारेमा थप अनुसन्धान भइरहेको दाङ प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *