०३ बैशाख २०८३ , बिहिबार

यार्चा किन्न हेलिकप्टर : एकै दिन डेढ करोडको कारोबार

जेठ २५, रुकुमपूर्व । पहिलोपटक विहीबार हेलिकप्टर लिएर जिल्लाको बुकीमा यार्चा खरिद गर्न व्यापारी आएका छन् ।

४ लाख ५० हजार रुपैयाँ तिरेर हेलिकप्टर चार्टर गरी आएका भीमबहादुर ओली, राजन भट्ट र पंकज दवाडी ७ किलो ८ सय ग्राम यार्चा किनेर काठमाडौं फर्किए ।

 

बुकीमा प्रतिगोटा ६ सय ५० रुपैयाँमा यार्चा खरिद गरेको ओलीले बताए ।

 

‘५ सयदेखि ५ सय ५० रुपैयाँसम्म प्रतिगोटा यार्चा कारोबार भइरहेको रहेछ’, उनले भने, ‘हामीले प्रतिगोटा ६ सय ५० रुपैयाँ तिरेर एकमुष्ट यार्चा खरिद ग¥यौँ ।’

 

‘प्रतिकिलो १८ लाख ५० हजार रुपैयाँ पर्न आयो,’ ओलीले भने । सामान्यतया १ किलो यार्चामा २ हजार ८ सय वटा हुन्छन् । उनका अनुसार बिहीबार मात्रै १ करोड ४४ लाख ३० हजार रुपैयाँको कारोबार भएको छ ।

 

दलालमार्फत नभई सीधै स्थानीयबाट खरिद गरेको उनीहरूले बताए । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *