०३ बैशाख २०८३ , बिहिबार

कोरियाली भाषा परीक्षा आंशिक रुपमा खारेज हुँदै

जेठ २७, काठमाडौँ । कोरिया सरकारले सन् २०१९ पछि भाषा परीक्षाको नतिजाभन्दा सीप र कार्यदक्षताका आधारमा नेपाली युवा कामदारको माग गर्ने भएको छ ।


हाल कोरियाली भाषा परीक्षामा उत्कृष्ट नतिजा ल्याउने युवालाई छनोटको आधार बनाउँदै आएकोमा अर्को वर्षदेखि सीप, कार्यक्षमता र अन्तर्वार्ताको अंकलाई पनि छनोटको आधार मान्ने भएको छ ।

 

कोरियाली भाषा परीक्षामा मध्यम अंक ल्याएर सीप, कार्यक्षमता र अन्तर्वार्तामा राम्रो नतिजा ल्याए पनि कोरिया जान योग्य हुनेछ ।

 

मानव संशाधन विकास बोर्ड कोरिया नेपाल शाखाका अनुसार २०१९ देखि रोजगार अनुमति प्रणालीअन्तर्गतका कोरियाली भाषा परीक्षाको छनोट प्रक्रियामा अंक प्रणाली भनिने नयाँ छनोट प्रणाली लागू गरिने योजना रहेको आजको कारोबार दैनिकमा खबर छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *