जेठ २९, काठमाडौँ । पशुपति क्षेत्रमा रहेको प्राचीन मूर्ती तोडफोड भएको छ ।

गौरीघाटमाथि कैलाश डाँडामा रहेको किरातेश्वर मन्दिरको मूर्ती आफुलाई माता बताउने दुई जनाले तोडफोड गरेको स्थानीयबासी अभिषेक कर्माचार्यले जानकारी दिए ।
वंशवालीमा उल्लेख भएअनुसार उक्त मूर्ती किराकालीन यलम्बरको पालामा स्थापना भएको थियो । ढुंगाको उक्त मूर्तीको पछिल्लो भाग चोईटिएको खबर आजको कान्तिपुर दैनिकमा छ ।
‘भालाले हानेको रहेछ’, कर्माचार्यले भने, ‘माता हुँ भनेर मध्यराति आएका दुई जना महिलाले रातो रंग मलाई मन परेन भन्दै तोडफोड गरिदिएछन् ।’
चोइटिएको भाग जोड्नै नसकिने अवस्थामा छ ।








