०३ बैशाख २०८३ , बिहिबार

पारस ट्राफिकको फन्दामा !

जेठ ३१, काठमाडौँ । पूर्वयुवराज पारस साह ट्राफिक नियमको बेवास्ता गर्दै तीव्र गतिमा गाडी हाँक्दा ट्राफिकको फन्दामा परेका छन् । पारसले तीव्र गतिमा चलाएको बा.१४ प २१३१ नम्बरको गाडी प्रहरीले समातेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

जावलाखेलदेखि हुँइकिएका उनलाई जावलाखेल प्रहरीले सोमबार थापाथलीमा नियन्त्रणमा लिएको हो ।

 

ट्राफिकले कागजपत्र नियन्त्रणमा लिएको र माग्दा नदिएको समाचारमा उल्लेख छ ।

 

प्रहरीले लाइसेन्स नदिएपछि पारसले आक्रोसित हुँदै ‘तैंले मलाई चिन्नुपर्छ’ भनेको तर ट्राफिक प्रहरीले नदिएको बताइएको छ ।

 

ट्राफिक र ब्लुबुक ट्राफिकलाई छाडेर हिँडेको केही समयपछि उनका अंगरक्षक थापाथली ट्राफिक प्रहरी कार्यालय पुगेका थिए ।

 

पारसले ट्राफिक नियम उल्लंघन गरेको भन्दै प्रहरीले पाँच सय जरिवाना गरेको रसिद काटेको थियो । रसिदमा चालक र धनीको नाम पारस वि.वि. शाह उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *