असार १, काठमाडौँ । स्थानीय तहले केन्द्रबाट पठाइएका कर्मचारी धमाधम फिर्ता गर्न थालेपछि संघीय मामिला तथा सनमान्य प्रशासन मन्त्रालयले अनियमतिताको शंका गरेको छ । नागरिक दैनिकमा छापिएको समाचार अनुसार स्थानीय तहले कर्मचारी फिर्ता अनियमितता ढाकछोप गर्नका लागि गरेको हुन सक्ने मन्त्रालेको आशंका रहेको छ ।

उपसचिव तहका कर्मचारी फिर्ता गरी ती स्थानीय तहले प्रशासकीय अधिकृतका रूपमा विद्यालय निरीक्षक र नायब सुब्बासरहका कर्मचारीलाई जिम्मेवारी दिन थालेका छन् ।
रौतहटको राजपुर नगरपालिकाका मेयर मा.सकिल अख्तरले केन्द्रबाट पठाइएका प्रशासकीय अधिकृत गोपालमान श्रेष्ठ नगरपालिकामा आवश्यक नरहेको भन्दै मन्त्रालयमा निवेदन पठाएका छन् । यस्तै मुगुको छायानाथ रारा नगरपालिकाका मेयर हरिजंग शाहीले पनि मन्त्रालयबाट खटिएका उपसचिव पीताम्बर सारुलाई केन्द्रमै राख्न आग्रह गरेका छन् ।
स्थानीय तहमा कर्मचारी अभाव रहेका बेला पठाइएका कर्मचारी फिर्ता गराएको विषयलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गम्भीर रूपमा लिएको जनाइएको छ ।








