०३ बैशाख २०८३ , बिहिबार

नेपालमा बढ्यो चिनियाँ लगानी

असार ३, काठमाडौँ । नेपालमा चियिाँ लगानी ह्वात्तै बढेको छ ।

 

नयाँ पत्रिका दैनिकमा छापिएको समाचार अनुसार पछिल्लो समय नेपालको उद्योग, जलविद्युन, होटेलगायत क्षेत्रमा चिनियाँ लगानी आशय, लगानी प्रतिबद्धता र वास्तविक लगानी बढ्दै गएको छ ।

उद्योग विभागका अनुसार हालसम्म नेपालमा २ खर्ब ६२ अर्ब ८१ करोड रुपैयाँ लगानीको प्रतिबद्धतामध्ये करिब ४० प्रतिशत लगानी हिस्सा चीनको छ ।

 

हालसम्म चीन (हङकङ र ताइवानसमेत) ले नेपालमा १ खर्ब ५ अर्ब ७६ करोड रुपैयाँ लगानी प्रतिबद्धता गरेको छ । जबकि भारतको लगानी प्रतिबद्धता ८६ अर्ब ८६ करोड रुपैयाँ रहेको विभागको तथ्यांक छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *