असार ३, काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट विहीबार डिस्चार्ज भएका छन् ।
भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गराएपछि पूर्णतया स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट फिर्ता गरिएको उनका छोरा इन्दीवरले जानकारी दिए ।
‘उनको सानो आन्द्राबाट भएको रक्तश्राव रोकिनुको साथै निमोनिया पनि पूर्णरुपमा निको भएको छ’–उनले भने, ‘चिकित्सकको सल्लाहमा पुनः एक हप्तापछि उहाँको स्वास्थ्य परीक्षण गर्ने तय भएकाले अहिले नेपाल नआई दिल्लीमा नै बस्नु भएको छ ।’
उनका अनुसार राष्ट्रकवि घिमिरे अहिले भारतस्थित नेपाली राजदूतावासमा बसेका छन् ।
मेदान्त अस्पतालबाट उपचार गराएर आएका राष्ट्रकवि घिमिरेको पुनः सानो आन्द्राबाट रक्तस्राव हुन थालेपछि पुनः गत जेठ २१ गते उनी मेदान्त अस्पताल भर्ना भएका थिए ।








