२० जेठ २०८३ , बुधबार

नेकपाको तल्ला कमिटी एकता अलमलमा

असार ६, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कोे तल्ला पार्टी कमिटीहरूको एकता प्रक्रियाले गति लिन नसकेको समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

 

एकताका लागि भन्दै सातै प्रदेशसहित प्रवासको कार्यदल बनाए पनि कतिपय कार्यदलको बैठकसमेत बस्न सकेको छैन । हालसम्म तीनवटा प्रदेश र प्रवास कार्यदलको मात्रै बैठक बस्न सकेको छ ।

 

तत्कालीन एमाले र माओवादी केन्द्र एक भएर नेकपा गठन भएपछि प्रदेश र जिल्लामा राख्ने नेता, पार्टी क्रियाशील सदस्य र पार्टी कार्यालयको व्यवस्था गर्नुपर्नेछ । नयाँ बन्ने प्रदेश कमिटी बढीमा एक सय ७५ सदस्यीय र जिल्ला कमिटी एक सय २५ सदस्यीय राख्ने निर्णय भइसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *