०६ चैत २०८२ , शुक्रबार

अर्जेन्टिनालाई स्तब्ध पार्दै क्रोएसियाले बनायो अन्तिम १६ मा स्थान

असार ८, मस्को । रसियामा जारी विश्वकप फुटबलको आफ्नो दोस्रो खेलमा दुई पटकको विश्व विजेता अर्जेन्टिनालाई क्रोएसियाले स्तब्ध पारेको छ । शुक्रबार बिहान सम्पन्न खेलमा क्रोएसिया ३–० गोलले विजयी भएको हो ।

 

लगातार दुई खेल जित्दै क्रोएसिया दोस्रो चरणमा प्रवेश गरेको छ भने अर्जेन्टिनालाई अन्तिम १६ मा पुग्न कठिन भएको छ ।

 

पहिलो हाफमा गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा क्रोएसियाले ३ गोल गरेको हो । गोलिकपर विलि कावालेरोको आफ्नै गल्तीमा गोल खाएपछि पछि परेको अर्जेन्टिना विरुद्ध दोस्रो हाफमा क्रोएसियाका कप्तान लुका मोडरिचले गोल गरे भने इभान राटिकटिचले तेस्रो गोल गरे । ५३ औँ मिनेटमा कावालेरोले गल्तीमा एन्टे रेविकले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । ८०औँ मिनेटमा मोडरिचले गोल गर्दै क्रोएसियाको अग्रता दोब्बर पारे । क्रोएसियाका लागि राकिटिकले इन्जुरी टाइममा तेस्रो गोल थप्दै शानदार जित दिलाए भने अर्जेन्टिना स्तब्ध भयो ।

 

अर्जेन्टिनाले सन् १९७४ यता पहिलो पटक समूह चरणको सुरुको २ खेल जित्न सकेन । अब समूह चरणको अन्तिम खेलमा उसले अफ्रिकन राष्ट्र नाइजेरियालाई जित्नैपर्ने दबाब छ भने शुक्रवार हुने आइसल्याण्ड र नाइजेरिया विरुद्धको खेलको नतिजाले पनि समिकरण फेरबदल गर्न सक्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *