०३ बैशाख २०८३ , बिहिबार

अमेरिकी सामानमा यूरोपेली यूनियनले पनि गर्यो करवृद्धि

असार ९, काठमाडौँ । विभिन्न मुलुकबाट आयातीत सामाग्रीमा कर लगाउने अमेरिकी निर्णयको प्रतिशोधस्वरुप यूरोपेली यूनियन (ईयू) ले पनि अमेरिकी सामग्रीको आयातमा करवृद्धि गरेको छ ।

 

अमेरिकी ट्रम्प प्रशासनको व्यापार नीतिसंगत नभएको भन्दै ईयूले समेत अमेरिकाबाट आयात हुने २ अर्ब ८० करोड बराबरका सामग्रीमा करवृद्धि गरेको बी.बी.सीले उल्लेख गरेको छ । ईयूले अमेरिकाबाट आयात गर्ने मोटरसाईकल, जीन्स, मदिरा, सुन्तलाको जुस लगायत सामग्रीमा करवृद्धि गरेको हो । यसको कार्यान्वयन २२ जुनबाट भइसकेको छ ।

 

यूरोपेली आयोगका अध्यक्ष जीन क्लाउडे जङ्करले यूनियनको निर्णय प्रतिशोधपूर्ण भए पनि सहि र नियमसंगत रहेको बताए । डब्लीनमा आईरिस संसदलाई सम्बोधन गर्ने क्रममा आयोगका अध्यक्ष जङ्करले ईयूको सुरक्षा र संतुलनका लागि जस्तोसुकै कदम चाल्न आफूहरु तयार रहेको अभिव्यक्ति दिएका हुन् ।

 

यसअघि अमेरिकाले यूरोप तथा अन्य मुलुकबाट आयात गरिने स्टिल र एलुमिनियमका सामाग्रीमा २५ प्रतिशतसम्म कर वृद्धि गर्ने निर्णय गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *