असार १२, काठमाडौँ । बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभा बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । आफ्नो चीन भ्रमण, चिनियाँ पक्षसँग भएका सम्झौता र सहमतिबारे प्रधानमन्त्री ओलीले सदनलाई जानकारी गराउन उक्त सम्बोधन गर्न लागेका हुन् ।

हिजै सम्बोधन गर्ने बताईएपनि तयारी नपुगेको भन्दै आजका लागि सारिएको हो । प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा रेल मार्ग, ऊर्जा, जलस्रोत लगायत विषयमा सहमति भएको थियो ।
प्रधानमन्त्री ओलीले चीन जानु अघि समेत भ्रमण एजेण्डाबारे सदनलाई जानकारी गराएका थिए ।








