०३ असोज २०८३ , शनिबार

फ्रान्स र डेनमार्क गोलरहित बराबरी, पेरुले अस्ट्रेलियामाथि निकाल्यो सान्त्वना जित

असार १२, रसिया । रसियामा जारी विश्वकप फुटबलको समूह सी अन्तर्गत आफ्नो तेस्रो खेलमा फ्रान्स र डेनमार्कले गोलरहित बराबरी खेलेका छन् । यससँगै डेनमार्कले पनि समूह उपविजेता हुँदै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ ।

 

फ्रान्स भने समूह विजेता भएको छ । उसले यसअघिका दुई खेल जित्दै अन्तिम १६ मा स्थान पक्का गरिसकेको थियो ।

 

उता सुरुवाती दुवै खेल गुमाएको पेरुले अन्तिम खेलमा अस्ट्रेलियाविरुद्ध २–० को सान्त्वना जित निकालेको छ । दुवै टिम जारी विश्वकपको समूह चरणबाटै बाहिरिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *