१० साउन २०८३ , आइतबार

चारपटकको विश्वविजेता जर्मनीमाथि दक्षिण कोरियाको ऐतिहासिक जित, स्विडेन र मेक्सिको नकआउट चरणमा

असार १३, रसिया । रसियामा जारी विश्वकपमा चार पटकको विश्वविजेता जर्मनीलाई २–० गोल अन्तरले हराउँदै दक्षिण कोरियाले ऐतिहासिक जित निकालेको छ । यससँगै अन्तिम १६ मा जानबाट जर्मनी चुकेको छ ।

 


कोरियाले इन्जुरी टाइममा २ गोल गर्दै जर्मनीलाई स्तब्ध बनाएको हो ।

 

कोरियाका लागि किम यङले ९२ औं मिनेटमा गोल गरे भने ९६ औँ मिनेटमा जर्मन गोलरक्षक मानुएल नुएर आफनो स्थान भन्दा बाहिर रहेको अवस्थामा सोङ हेङले खाली पोस्टमै सहजै अर्को गोल गरे ।

 

योसँगै ग्रुप एफबाट मेक्सिको र स्विडेन अन्तिम १६ मा प्रवेश गरेको छन् । स्विडेन समूहको विजेता बनेको छ। स्विडेनले मेक्सिकोलाई ३–० गोलले हराउँदै समूह जिको उपविजेतासँग भेट गर्ने पक्का गरेको हो । यस्तै मेक्सिकोले समूह जि को विजेतासँग भिड्ने छ ।

 

चार पटकको उपविजेता चारपटक तेस्रोस्थान सफल भएको जर्मनी यसपटक भने समूह चरणमै चौथो बनेर घर फर्केको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *