असार १३, काठमाडौँ । संघीय सरकारले स्थानीय तहका जनप्रतिनिधिको विदेश भ्रमणमा अंकुश लगाउने तयारी गरेको छ ।
नयाँ पत्रिका दैनिकमा छापिएको समाचार अनुसार स्थानीय जनप्रतिनिधि र कर्मचारी आफूखुसी विदेश भ्रमणमा निस्किने तथा मर्यादाबाहिर रहन थालेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नियमन गर्न लागेको हो ।








