०३ बैशाख २०८३ , बिहिबार

चिकित्सा शिक्षा अध्यादेशमा हेरफेर, उपत्यकामा मेडिकल कलेज खोल्न पाइने

असार १६, काठमाडौँ । उपत्यकामा १० बर्षसम्म मेडिकल कलेज खोल्न नपाइने अध्यादेशको प्रावधान हटाएर शुक्रबार संसद सचिवालयमा चिकित्सा शिक्षा विधेयक दर्ता भएको छ ।

 

शिक्षा मन्त्रालयले दर्ता गराएको विधेयक यसअघि दुईपटक जारी राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेशको मर्मविपरीत रहेको समाचार आजको नागरिक दैनिकमा छ ।

 

एक विश्वविद्यालयले पाँचभन्दा बढी शिक्षण संस्थालाई मेडिकल शिक्षा पढाउन सम्बन्धन दिन सक्ने छैन भन्ने अध्ययादेशको व्यवस्था हटाएर विधेयक दर्ता गरिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *