०४ बैशाख २०८३ , शुक्रबार

एसईई नतिजा प्रकरणः परीक्षा नियन्त्रक रेग्मी मन्त्रालय तानिए

असार १८, काठमाडौँ । केही दिनअघि सार्वजनिक गरिएको ०७४ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा त्रुटिमा परीक्षा नियन्त्रण कार्यालय (पनिका) को असावधानी देखिएको छ ।

 

नतिजामा त्रुटि भएको ठहर भएपछि परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मी शिक्षा मन्त्रालय तानिएको खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।

 

शिक्षा मन्त्रालयले गठन गरेको छानबिन समितिले आइतबार शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई बुझाएको प्रतिवेदनमा असावधानी र प्राविधिक त्रुटिका कारण दुई दिन फरक फरक नतिजा आएको ठहर गरेको छ ।

 

रेग्मीको जिम्मेवारीमा पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीलाई अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि परीक्षा नियन्त्रकको जिम्मेवारी समेत दिइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *